खोटाङको जन्तेढुंगा गाउँपालिका एमाले विजयी

616
views

खोटाङ, १६, असार । खोटाङको जन्तेढुंगा गाउँपालिकामा एमाले बिजयी भएको छ । गाउँपालिका प्रमुखमा एमालेका शंकर राई २१५३ मत सहित विजयी भएका छन् । उपाध्यक्षमा पनि एमालेकै विमला राई निर्वाचित भइन् । उनी २०८६ मत सहित विजयी बनेकी हुन् । नेपाली कांग्रेसका प्रमुख उम्मेदवार खेमबहादुर खड्काले १५६२ मत ल्याए भने उपाध्यक्षकी उम्मेदवार अनिता राईले १४६६ मत ल्याइन् । गाउँपालिकामा कुल ८३५६ मतदाता छन् ।