जापानका लागि पर्यटन दूतमा पौडेल नियुक्त

977
views

चितवन, २८, चैत्र । नेपाल सरकारले जापानमा पनि नेपाली पर्यटनको विकास एवम् प्रवद्र्धनका लागि पर्यटन दूत नियुक्त गरेको छ । पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तरर्गतको नेपाल पर्यटन बोर्डले राजनकुमार पौडेललाई पर्यटन दुतमा नियुक्त गरेको हो । स्याङ्जा घर भएका पौडेलले विद्यावारिधि गर्दै छन् ।

कामकै सिलसिलामा जाइकाको आउटसोर्सिङ कम्पनिहरुको बिबिध प्रोजेक्टहरुमा पनि उनले प्रोजेक्ट को–अर्डिनेटरका रुपमा संसारका बिभिन्न देशहरुमा काम गरिसकेका छन् ।

जापान सरकारको अध्यागमन बिभाग, प्रहरी प्रशासन, परराष्ट्र, रक्षा, सँस्कृती तथा पर्यटन मन्त्रालयका बिबिध परियोजनाहरुमा समेत काम गरेको उनको अनुभब छ ।