पत्रकार महासंघको मत परिणाम आउने क्रम जारी

415
views

काठमाडौं । नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका लागि भएको मतदानको मत परिणाम आउने क्रम जारी छ । निर्वाचन समितिका सदस्य रामहरि सिलवालका अनुसार अहिले सम्म मुलुकका विभिन्न ६० जिल्लाको मत परिणाम आइसकेको छ । रुकुम पूर्व बाहेक ७६ जिल्लामा निर्वाचन भएको थियो । अझै १६ जिल्लाका मत परिणाम आउन बाँकी रहेको छ ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा अहिले काठमाडौं जिल्लाको मत गणना भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार, विपुल पोख्रेल नेतृत्वको प्यानल अगाडि आइरहेको छ ।

पोख्रेल नेतृत्वको प्यानल अर्का प्रतिस्पर्धी निर्मला शर्मा नेतृत्वको प्यानल भन्दा २ हजार बढी मतान्तरले अगाडि रहेको निर्वाचन समिति सदस्य सिलवालले जानकारी दिए ।

पोख्रेल नेतृत्वको समूहले ५ हजार ३ सय मत र शर्मा नेतृत्वको समूहले ३ हजार मत ल्याएको सिलवालले जानकारी दिए ।