कोरोनाका नयाँ ५५९ संक्रमित थपिए, १३ जनाको मृत्यु

104
views

काठमाडौँ, ३०, चैत्र । नेपालमा एकैदिन कोरोना भाइरसका सोमबार ५५९ जना नयाँ संक्रमित थपिएका छन् । ४,३७८ जनाको र ७२७ एन्टीजेन परीक्षण हुँदा संक्रमित बढेको देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १३ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर जम्मा संक्रमित संख्या २ लाख ८० हजार ५२४ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ ।

पछिल्लो समय भारतमा व्यापक रुपमा कोरोनाको असर देखिँदा स्थल सीमाबाट नेपाल प्रवेश गर्ने क्रम पनि बढेको छ । साथै भीडभाड पनि उत्तिकै बढ्दा कोरोना संक्रमण फैलिनसक्ने भन्दै सचेत गराइएको छ ।