युरोपा लिगको सेमिफाइनलमा आर्सनल

573
views

एजेन्सी । इंग्लिस क्लब आर्सनल युरोपा लिगको सेमिफाइनलमा पुगेको छ । प्रतिद्वन्द्वी स्लाभिया प्रागमाथि दोस्रो लेगमा सानदार जित निकाल्दै चेकले सेमिफाइनलको यात्रा तय गरेको हो । पहिलो लेगमा घरेलु मैदानमा १–१ गोलको बराबरीमा रोकिएको आर्सनलले दोस्रो लेगमा स्लाभिया प्रागलाई उसकै मैदानमा ४–० ले हराउँदै समग्रमा ५–१ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

दोस्रो लेगमा आर्सनलको सानदार जितमा एलेसान्द्रे लाकाजेटले दुई तथा निकलस पेपे र बुकायो साकाले समान एक गोल गरे । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा एक गोल सम्भव भएको थियो । यस्तै युरोपा लिगकै अर्काे खेलमा भिल्लारियलले क्रोएसियन क्लब डिनामो जाग्रिवलाई २–१ ले तथा समग्रमा ३–१ ले पराजित गर्दै सेमिफाइनलमा आर्सनलसँथगको भेट पक्का गरेको छ ।

भिल्लारियलको जितमा पाको एल्कासेर र जेरार्ड मोरेनोले गोल गर्दा डिनामोका मिस्लभ ओर्सिसले एक गोल फर्काएका थिए ।

अर्काे खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब ग्रानडालाई समग्रमा ४–० ले तथा इटालियन क्लब रोमाले डच क्लब आयाक्सलाई समग्रमा ३–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

अब सेमिफाइनलमा आर्सनल र भिल्लारियल तथा म्यानचेस्टर युनाइटेड र इटालियन क्लब रोमाबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलका खेलहरु ३० अप्रिल र ७ मेमा हुनेछ ।