वैकल्पिक माध्यमबाट पढाउन संसदीय समितिको निर्देशन

604
views

काठमाडौं, ४, बैशाख । संसदीय समितिले तत्काल वैकल्पिक माध्यमबाट पठनपाठन गर्न सरकारलाई निर्देशन दिएको छ । बालबालिकाहरु कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरि बैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन निर्देशन दिदैं समितिले विद्यालय सञ्चालकहरूले विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्दा बालबालिकामा संक्रमणको जोखिम बढकोे समेत निष्कर्ष निकालेको छ ।

राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिको बैठकले विद्यार्थीमा कोरोना संक्रमणको जोखिम बढेको पुष्टि गरेको छ ।

समितिले स्वास्थ्य मन्त्रालयको विज्ञप्ति तथा विज्ञहरुको सुझावलाई ध्यानमा राखेर अत्याधिक जोखिमको वर्गमा रहेका बालबालिका तथा युवाहरुको जीवनरक्षाका लागि तत्काल भौतिक उपस्थितिमा हुने सिकाई बन्द गरि अनलाइन वा वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।