आगालागि पीडितलई आर्थिक सहयोग

808
views

यज्ञ बहादुर थापा
पर्वत, ४, बैशाख । पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटका आगालागि पीडित परिवारलाई कुश्मा नगरपालिकाले आर्थिक सहयोग गरेको छ । गत सोमवार राती भएको आगालागिबाट घर पुर्ण रुपमा जलेर क्षति पुगेको स्थानीय लिलकुमारी जैसिलाई नगरापालिकाले आर्थिक सहयोग गरेको हो ।

कुश्मा नगरपालिकाले रु १ लाख सहयोग गरेको छ । उक्त रकम नगरप्रमुख रामचन्द्र जोशीले हस्तान्तरण गरेका हुन् । सहयोग उपलब्ध गराउँदै नगरप्रमुख जोशीले विपदका घटनामा नगरपालिकाले तत्काल राहत उपलव्ध गराउँदै आएको बताए ।

सो अवसरमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमानसिंह गुरुङ, खुर्कोटका वडाअध्यक्ष यदुनाथ बास्तोला लगायत जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

गत सोमवार राती ग्याँस लिक भएर आगालागि हुँदा रु १७ लाख नगद, सुन, लत्ताकपडा, अन्नपात सवै जलेर पुर्ण रुपमा नष्ट भएको थियो । झण्डै ५० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

यसैबीच पीडितलाई रोटरी क्लव अफ पर्वतले बिहीवार रु ५ हजार रुपैया सहयोग गरेको छ । रोटरी क्लव अफ पर्वतका अध्यक्ष रमेश लामिछाने सहितको टोलीले नगद र अन्य अत्यावश्यक सामाग्री सहयोग गरेको हो ।

हस्तान्तरण कार्यक्रममा पर्वत उद्यो बाणिज्य संघकमा अध्यक्ष गोपि अधिकारी, निवर्तमान अध्यक्ष केदारनाथ शर्मा, रोटरीका पूर्व अध्यक्ष गणेश पौडेल, बिजय चापागाई, योगराज गिरी, कृष्ण शर्मा, कमल जिसी, प्रेमप्रसाद शर्मा , ओमप्रसाद उपाध्याय लगायतकको सहभागिता रहेको थियो ।