माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने

571
views

काठमाडौं, ५, बैशाख । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी केन्द्रले सोमबार दिउसो १ बजेका लागिस्थायी कमिटी बैठक आह्वान गरेको छ ।

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार दिउँसो १ बजे बैठक बोलाएको माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता, पार्टी सांगठानिक संरचना निर्धारणबारे कार्यदलको सुझाव, केन्द्रीय कमिटी बैठक बोलाउने लगायत विषयमा छलफल गर्ने जनाएको छ ।

सोमवार बोलाइएको बैठकका विषयलाई पुष्टि गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको केही दिनमै काठमाडौँको राजनीति फेरिने प्रतिक्रिया दिएका छन् ।