प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा फर्जि विद्यार्थी सहभागी

731
views

पर्वत, ६, बैशाख । पर्वतको मोदी गाउँपालिकाले आयोजना गरेको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । नयाँ वर्षको अवसरमा प्रारम्भ भएको रनिङ शिल्डको खेल शनिबार सकिएको हो । रनिङ शिल्डमा आयोजना गरीएको भलिवल खेलमा जननेत्र मावि देउपुर छात्रातर्फ प्रथम भएको छ । यस्तै छात्रतर्फ भुक मावि द्धितीय भएको छ । तृतीय पशुपति मावि राम्जा भएको हो ।

छात्रा तर्फमा महेन्द्र शिखरी मावि वाजुङ प्रथम, द्धितीय शालिजा मावि र तृतिय नवजागृत मावि भएका हुन ।

यस्तै कर्मचारी जन प्रतिनिधितर्फको खेलमा वडा न ६ तिलाहार प्रथम भएको छ भने वडा नं ५ वाजुङ द्धितय भएको छ । तृतिय वडा नं ३ देउराली भएको छ ।

रनिङ शिल्डका अवसरमा आयोजना गरीएको खेलमा नवजागृत माविले फर्जी विद्यार्थी सहभागि गराएको भन्दै खेलाडीलाई नक आउट गरीएको खुलेको छ ।

जनसिद्ध मावि र नव जागृत माविविच भएको खेलमा नव जागृत माविले विद्यालय भन्दा बाहीरका खेलाडी सहभागि गराएको भन्दै यस्ता गतिविधिले रनिङ शिल्डको गरीमा घटाएको गाउँपालिकाले जनाएको छ ।

विद्यालय प्रशासनले खेलवाड गर्दा जसलाई सहभागी गराउनुपर्ने हो तिनै वालवालिकाहरुले खेल खेल्न नपाएको शिक्षकहरुको गुनासो छ ।

हिमालय माविका प्रअ एकनाथ शर्माले विद्यालय प्रशासनको कमजोरीका कारण निर्दोश विद्यार्थीले खेलमा सहभागि हुन नपाएको बताए ।

नवजागृत माविका प्रअ विष्णु सुवेदी आँफै खेल संयोजक भएर आयोजना भएको राष्ट्रपति शिल्डमा लापरभाई भएको रनिङ शिल्ड खेल आयोजना समस्या समाधानका संयोजक एवं वडा ५ का अध्यक्ष दल बहादुर मल्लले बताए ।

मल्लले गाउँ कार्यपालिकाको वैठकले राष्ट्रपति रनिङ शिल्ड खेल संयोजकको विषयमा छानविन गर्ने जानकारी दिए ।

गाउँपालिकाले स्थानीय सरकार कार्यान्यवनमा आएको चौथो बर्षमा पहिलो पटक राष्ट्रपति रनिङ शिल खेलको अयोजना गरेको हो । रनिङ शिल प्रतियोगितामा गाउँपालिकाका ८ वडाका सामुदायिक र संस्थागत विद्यालय, वडा तहका खेलाडी कर्मचारी र जन प्रतिनिधिको गरी ३४ टिमको प्रतिस्पर्धात्मक खेल भएको थियो ।