कर्णप्रिय गायक भुसालको ‘छोडेनन् यि आँखा रसाउन’ सार्वजनिक (भिडियो)

1145
views

ईन्दिरा तिवारी ‘ईन्दु’
पर्वत, ६, बैशाख । लोकप्रिय गायक युवराज भुषालको एकल लोकगित ‘छोडेनन् यि आँखा रसाउन’ सार्वजनिक भएको छ ।

भावात्मक परिवेशका शव्द समेटिएको ‘छोडेनन् यि आँखा रसाउन’ बोलको गितमा प्रेम र अतितलाई समेटिएको छ ।

गितमा शव्द, संगित र स्वर भुसालकै रहेको छ भने अभिनय पनि उनी आँफै र चर्चित मोडल आयुष्मा कार्कीले गरेका छन् ।

गितमा संगित संयोजन चर्चित गायक बिमलराज क्षेत्रीले गरेका छन् भने म्युजिक भिडियोको छाँयाकन पर्वतको विहादी गाउँपालिकामा गरिएको छ ।

म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् ।

दर्जनौं गितहरुमा कर्णप्रिय आवाज दिएका भुसालका तिर्खा पानीको, मनको धोको नरोई नरोई बस मेरी सानी र के पिर प¥यो बहिनी खेली लोकदोहोरीजस्ता गितहरु निकै चर्चामा छन् ।