पर्वतमा थप चारजनामा कोरोना पुष्टि

358
views

पर्वत, ७, बैशाख । पर्वत जिल्लामा सोमबार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतको कुस्मा नगरपालिकामा २ जना महिला र फलेबास नगरपालिकामा एक जना महिला र एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

कुस्मा नगरपालिका वडा नं ६ का २२ र ४२ बर्षिया महिला तथा फलेबास नगरपालिका वडा नं ६ का ३४ बर्षिय पुरुष तथा वडा नं १० की ४५ बर्षिया महिलामा सक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

यो सँगै पर्वतमा कोरोना संक्रमितको संख्या ४ सय १० पुगेको छ । निको हुनेको संख्या ३ सय ९५ जना रहेका छन् भने सक्रिय संक्रमितको संख्या १० रहेको निर्देशनालयले जनाएको छ ।