माओवादी केन्द्रको विजयजुलुशमा एमाले कार्यकर्ताको आक्रमण, आठ घाईते, दुई गम्भिर

577
views

अछाम, १६ असार । अछाममा एमालेका कार्यकर्ताले माओवादी केन्द्रका कार्यकर्तामाथि सुनियोजित आक्रमण गरेका छन् । नेकपा माओवादी केन्द्रको बिजय जुलुसमाथि एमालेका कार्यकर्ताले ढुंगामुडा प्रहार गर्दा अछामको रामारोशनमा माओवादीका आठभन्दा बढी कार्यकर्ता घाइते भएका हुन् । घाइते मध्ये दुई जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

रामारोशन गाउँपालिकाको वडा नम्बर १ मलातिकोटमा माओवादी केन्द्रले वडा अध्यक्षसहित पुरै प्यानल विजयी भएपछि निकालिएको जुलुसमा एमाले कार्यकर्ताले ढुंगामुडा प्रहार गरेको माओवादी केन्द्रका उप प्रमुख पदका उम्मेदवार सरस्वती रावलले जानकारी दिनुभयो । घाइतेमध्ये सुरत साउद र टेकबहादुर विकलाई उपचारका लागि केहिबेर अघि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ । अन्यको गाउँमै उपचार भइरहेको छ । घट्नामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जना एमाले कार्यकर्तालाई नियन्त्रणमा लिएको र अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिनुभयो ।