बढ्दै कोरोना संक्रमितको संख्या, थप ११ जनाको मृत्यु

416
views

काठमाडौँ, ८, बैशाख । पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

८ हजार ५५ जनाको पीसीआर तथा ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः १६६७ र ६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा २ लाख ८७ हजार ५६७ जनामा संक्रमित पुगेका छन् ।

पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएका छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १०२ जना पुगेको छ ।

यही अवधिमा २५१ जना निको भएका छन् । नेपालमा निको हुनेको कूल संख्या २ लाख ७५ हजार ८०६ जना रहेको छ । नेपालमा ५ हजार ६५९ जना आइसोलेसनमा रहेका छन् ।