तराईमा तुवाँलो, पश्चिमी क्षेत्रमा पानी पर्ने सम्भावना

799
views

काठमाण्डौं, ८, बैशाख । देशका धेरैजसो ठाउँमा तुँवालो सुरु भएको छ । भारतबाट धुवाँ र धुलो आइरहेकोले तराईका र काठमाण्डौसहित पहाडी जिल्लामा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रबाट सुरु भएको तुवाँलो पूर्वतर्फ सर्ने क्रममा छ ।

मौसमविद् समीर श्रेष्ठका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकीलगायत प्रदेशका पश्चिमी क्षेत्रमा आज बिहानैदेखि मेघ गर्जनसहितको पानी पर्न लागेको छ । बिहानैदेखिबाट मौसम बद्ली भइरहेको छ ।

पश्चिमी वायुको प्रभाव र अरब सागरबाट जलवास्पयुक्त हावा नेपाल प्रवेश गरेकोले पश्चिमी क्षेत्रमा मेघ गर्जन र चट्याङ्गसहित पानी पर्ने उनले बताए ।