पर्वतमा थप तीनजनामा संक्रमण पुष्टि

63
views

यज्ञ बहादुर थापा
पर्वत, ९, बैशाख । पर्वतमा बुधवार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लाईफ केयर एण्ड डाईग्नोष्टिक प्रालि पोखरामा गरिएको परिक्षणमा कुश्मा नगरपालिका वडा नं. ५ का एक ३५ वर्षिय पुरुष, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा कुश्मा नगरपालिका वडा नं. ११ का ३८ वर्षिया महिला र ४० वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

उनिहरु तीनै जनालाई आइशोलेशनमा व्यवस्थापन गरिएको छ । यो सँगै पर्वतमा कोरोना संक्रमितको संख्या ४ सय १३ पुगेको छ ।

हालसम्म ३ सय ९५ जना निको भैसकेका छन् भने संक्रिय संक्रमितको संख्या १४ रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।