कृषि ज्ञान केन्द्र पर्वतमा कृषक र बिक्रेताबिच अन्र्तक्रिया

837
views

नम्रता लामिछाने
पर्वत, ९, बैशाख । कृषि उपजको उत्पादन र बजारीकरणका बारेमा पर्वतमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कृषि विकास निर्देशनालय पोखराको आयोजना र कृषि ज्ञान केन्द्र पर्वतको समन्वयमा कृषक र बिक्रेताका बिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

छलफलमा किसानहरुको उत्पादनले सहज बजार नपाएको गुनासो गरेका छन् । किसानले कोल्ड स्टोर नहुँदा तरकारी तथा फलफुलको भण्डारण गर्न नसकिएको, बिचौलियाको प्रभावका कारण वास्तविक मुल्य नपाएको, अनुदान वितरणमा पनि भनसुन चल्ने गरेको, कजारमा कृषि फसलको मुख्यमा एकरुपता नभएको, ढुवानीमा धेरै झण्झट हुने गरेको लगायतका समस्या प्रस्तुत गरेका थिए ।

कृषि विकास निर्देशनालय पोखराका निर्देशक बासुदेव रेग्मीले किसानहरुले बजार माग र आवश्यकतालाई मध्यनजर गर्दै उत्पादन गर्नुपर्ने कुरामा जोड दिए ।

पर्वतमा भैरहेको काम र कृषि रणनीतिका बारेमा कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापाले जानकारी प्रस्तुत गरेकी थिईन् ।

थापाले किसानको उत्पादन सहज बजार पठाउन विभिन्न स्थानमा संकलन केन्द्र स्थापना गरिएको, ढुवानीमा अनुदान दिईएको, बजारीकरणका लागि पहल गरेको, विभिन्न तालिम तथा परामर्श दिँदै आएको बताईन् ।

पर्वत खाद्यन्नमा आत्मानिर्भर भएपनि तरकारी र फलफुलमा परनिर्भर रहेको पनि थापाको भनाई थियो ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष गोपी अधिकारीले जिल्लाको समग्र कृषिको राम्रो संभावना रहेको हुनाले पछिल्लो समय यूवाहरुको आकर्षण बढेको र उनीहरुलाई राज्यले थप प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।