सात हजार लिटर घरेलु मदिरा नष्ट

960
views

पर्वत, १७, बैशाख । रक्सीका कारण समाजमा घरेलु हिंसा, झै–झगडा र विकृति बढपछि पर्वत प्रहरीले घरेलु मदिरा नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतले अपराध न्यूनीकरणको लागि अवैध र गुणस्तरहीन घरेलु मदिरा खोजी गरि ७ हजार लिटर घरेलु मदिरा नष्ट गरेको हो ।

समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय पर्वत तथा सामुदायिक प्रहरी सेवा केन्द्रबाट खटिएको टोलीले कुश्मा नगरपालिका वडा नं. २ र ७ बाट अवैध मदिरा नष्ट गरेको हो ।

कुश्मा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रुद्र गिरी, वडा नं. ४ का वडाध्यक्ष मिना कर्माचार्य जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदिप पौडेल, प्रहरी नायब निरीक्षक मोहन कुमार खड्का, जिल्ला स्थितका पत्रकारहरुको सहभागितामा उक्त मदिरा नष्ट गरिएको हो ।