वीरगन्जमा थप तीन संक्रमितको मृत्यु

460
views

वीरगन्ज, १७, बैशाख । वीरगन्जमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको आइशोलेसनमा उपचाररत पर्साका २ र बाराका १ गरी ३ जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

पर्साको वीरगन्ज महानगरपालिका– १६ नगवाकी ४८ वर्षिया महिलाको शुक्रबार बिहान पौने २ बजे मृत्यु भएको हो । निमोनियाले सिकिस्त भएकी उनको उपचारका लागि अस्पतालमा बैशाख १२ गते भर्ना भएको र त्यहि दिन पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै नारायणी अस्पतालमा उपचाररत बाराको जीतपुरसीमरा उपमहानगरपालिका –२४ का ७७ वर्षिय पुरुषको भने बिहीबार राति पौने १२ बजे मृत्यु भएको हो । बैशाख १० गते नारायणी अस्पतालमा भर्ना भएका ती पुरुषको त्यहि दिन पीसीआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

बिहीबार राति नै पर्साको वीरगन्ज महानगरपालिका –३ की ४७ वर्षिया महिलाको पनि नारायणी अस्पतालमै मृत्यु भएको छ । बैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएपछि त्यहि दिन अस्पतालमा भर्ना भएकी उनको बिहीबार राति साढे ९ बजे मृत्यु भएको का कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए ।