कोरोना उपचार प्रभावकारी बनाउन कास्की काँग्रेसको माग

318
views

पोखरा, १८, वैशाख । नेपाली काँग्रेस कास्कीले जनताका लागि तत्काल कोरोना उपचार स्वास्थ्य सेवा प्रभावकारी बनाउन माग गरेको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा शनिवार बसेको जिल्ला पदाधिकारी, क्षेत्रीय सभापति, प्रदेश र गाउँपालिका सभापतिको संयुक्त बैठकले त्यस्तो माग गरेको हो ।

नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलका अनुसार, बैठकले जनताको स्वास्थ्यप्रति जिम्मेवार बन्न सरकारलाई आग्रह गरेको छ ।

बैठकले कोरोना महामारीमा बेला जनताका लागि सहज रुपमा कोरोना स्वास्थ्य उपचार सेवा उपलब्ध गराउनुपर्नेमा उपचार सेवा समेत दिने नसक्ने भन्दै सरकारले जनताको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको ठहर गरेको छ ।

‘समस्या र संकटका बेला सरकार झन् अरु बेला भन्दा जनताप्रति जिम्मेवार बन्नुपर्नेमा गैरजिम्मेवार बनेकोले कास्की काँग्रेसको ध्यानाकर्षण भएको छ, प्रवक्ता सिग्देलले भन्नुभयो, जनता र जनताको स्वास्थ्यप्रति सरकार गम्भीर बन्न आवश्यक देखिएको छ ।