राष्ट्रिय जनमोर्चाले प्युठानबाट खाता खोल्यो

538
views

प्युठानको मल्लरानी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका उम्मेदवार अमरध्वज लामा विजयी भए । दोस्रो चुनावमा राष्ट्रिय जनमोर्चाको यो पहिलो खाता हो । उपाध्यक्षमा पनि राष्ट्रिय जनमोर्चाकै सरिता जिसी विजयी भईन् । गाउँपालिकाको १ नम्बर वडामा चिन्तबहादुर राहुँ अध्यक्षमा निर्वाचित भएका छन् । उनी पनि राष्ट्रिय जनमोचाका नेता हुन् ।
२ र ३ नम्बर वडामा विजय हासिल गर्ने लेखबहादुर थापा र गिरिराज पौडेल पनि राष्ट्रिय जनमोर्चाकै उमेदवार हुन् । मल्लरानी गाउँपालिका—४ को वडाध्यक्षमा भने कुमार श्रेष्ठ विजयी भएका छन् भने ५ नम्बर वडामा एमालेका रामबहादुर थापा विजयी भएका छन् ।