कोरोना रोकथामका लागि अन्तर्राष्ट्रिय उडान बन्द

372
views

काठमाडौं, २० वैशाख । कोरोना रोकथामका लागि सरकारले वैशाख २० गते (आज) राति १२ बजेबाट लागू हुने गरी सबै आन्तरिक उडान तथा वैशाख २३ गते (बिहीबार) राति १२ बजेबाट लागू हुनेगरी सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ ।

यो उडान प्रतिवन्ध वैशाख मसान्तसम्म बन्द हुने गरी स्थगित भएको हो । तर, भारतसँगको उडान भने सातामा दुईवटा कायम रहने भएको छ ।

नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय हो ।

भारत र नेपालबीच एयर बबल स्किमअनुसार उडानलाई सरकारले कटौती गर्न सकेन । भारतसँग दुई तर्फी उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।