वैवाहिक सम्बन्ध विच्छेद गर्दै बिल गेट्स र मेलिन्डा

587
views

नवदृष्टि न्यूज डेष्क । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले वैवाहिक सम्बन्ध अन्त्य गर्ने भएका छन् । पारपाचुके गर्न लागेको जानकारी सामाजिक सञ्जालमार्फत दिँदै गेट्स दम्पतिले भनेका छन्– ‘अब हामी सँगै जीवन अघि बढाउन सक्छौँ भन्ने हामीलाई लाग्दैन ।’

२७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्नेबारे ट्वीटरमार्फत जानकारी गराउँदै उनीहरूले भनेका छन्– ‘निकै सोचविचार गरेपछि हामीले वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णय लिएका हौँ ।’

बिल गेट्स र मेलिन्डाको भेट सन् १९८० को दशक समाप्त हुँदै गर्दा त्यतिबेला भएको थियो जब मेलिन्डाले माइक्रोसफ्ट कम्पनी ज्वाइन गरेकी थिइन् ।

तीन सन्तानका अभिभावक गेट्स दम्पतिले संयुक्त रूपमा ‘बिल एण्ड मिलिन्डा फाउण्डेसन’ सञ्चालन गर्दै आएका छन् । उनीहरूले ‘डिभोर्स’पछि पनि प्रतिष्ठानको काम मिलेरै अघि बढाइने जनाएका छन् ।