संघीय सांसदको कोरोना परीक्षण गरिने

398
views

काठमाडौं, २१, बैशाख । आउँदो २७ गतेका लागि बोलाइएको संसद्को विशेष अधिवेशनका लागि (बुधवार) भोलि र (बिहीवार) पर्सी सांसदहरूको कोरोना परीक्षण गरिने भएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा बिहान १० देखि बेलुका ५ बजेसम्म स्वाब संकलन गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको विशेष अधिवेशनअघि सांसद, सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न लागिएको हो ।

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन विशेष अधिवेशन बोलाइएको हो ।