पत्रकार महासंघ पर्वतमा ५ शैयाको आइसोलेसन

422
views

यज्ञ बहादुर थापा
पर्वत, २१, वैशाख । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतले कार्यालय भवनमा कोरोना संक्रमितको उपचारका लागि ५ शैयाको आइसोलेशन कक्ष निर्माण गरेको छ । कोरोना संक्रमणको दर उच्च हुँदै जाँदा अस्पतालमा शैयाको अभाव हुने अवस्थामा उक्त शैया प्रयोग गर्न मिल्ने गरी आइसोलेसन कक्षको निर्माण गरिएको पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले जानकारी दिए ।

महासंघले निर्माण गरेको आईसोलेशन कक्षमा कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा बस्नुपर्ने सञ्चारर्कीहरुले अस्पतालमा वेड नपाएको खण्डमा उक्त कक्षमा राखिने गरी तयारी अवस्था राखिएको अध्यक्ष थापाले जानकारी दिए ।

थापाले आइसोलेसन कक्षमा आवश्यक पर्ने अक्सिनजन सहितका अन्य उपकरणको लागि भने स्वास्थ्य कार्यालय र पर्वत अस्पताल तथा स्थानीय पालिकाहरुसंग समन्वय गरीएको जानकारी दिए ।