विश्वासको मत लिने ओलीको विपक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

359
views

काठमाडौँ, २१, बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आज बसेको पार्टी पदाधिकारीको बैठकले २७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले राख्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने यसअघि नै बताइसकेका छन् । जसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले २७ गते दिउँसो १ बजे संसद् बोलाएकी छन् ।