माओवादीले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझायो

773
views

काठमाडौँ, २२, बैशाख । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिदैं संघीय संसद् सचिवालयमा पत्र बुझाएको छ ।

माओवादी संसदीय दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहालले संघीय संसद्का महासचिवलाई लेखेको पत्र दलका प्रमुख सचेतक देवप्रसाद गुरुङलगायतका नेताहरूले बुधबार बुझाएका हुन् ।

माओवादीले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ताको पत्र प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले बुझेका थिए ।

दाहालले पत्रमा प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदम सर्वोच्चले खारेज गरेपछि राजीनामा गर्नुको सट्टामा थप संविधान उलंघनमा प्रधानमन्त्री ओली लागेको लेखेका छन् ।

नेकपा (माओवादी केन्द्रको निर्णय र नेकपा (माओवादी केन्द्र) संघीय संसदीय दलको निर्णयअनुसार प्र.म. केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन आजकै मितिदेखि लागू हुने गरी फिर्ता लिएको जानकारी गराउँदछुउक्त पत्रमा उल्लेख गरेका छन् ।