सेनाले बनायो कर्णाली करिडोरको ३९ किमि सडक

618
views

हुम्ला, २३, वैशाख । नेपाली सेनाको विकास निर्माण दलले कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको निर्माण कार्य निर्धारित समयमै सकेको छ । करिडोरको हुम्ला खण्डअन्तर्गत ३९ किलोमिटर सडक समयमा नै निर्माण सम्पन्न गरेको हो ।

कर्णाली करिडोरको हुम्ला खण्डको कवाडीदेखि सलीसल्लासम्म नेपाली सेनाले सडक निर्माणको कार्य सम्पन्न गरेको अदानचुली गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराले बताए ।

हुम्ला खण्डमा जिम्मेवारी पाएपछि २०७५ साल जेठमा काम सुरु गरेको नेपाली सेनाले २०७८ वैशाखमा सडक निर्माणको प्रारम्भिक कार्य सम्पन्न गरेको नेपाली सेनाको खुलालु–लैफु–कवाडी हुँदै सलीसल्ला खण्डको विकास निर्माण दलका योजना प्रमुख मिलन कार्कीले जानकारी दिए ।

त्यसैगरी हाल सेनाले कालीकोटको खुलालबाट मेसिन लगाएर सडकमा रहँदै आएका अवरोध पन्छाउने कार्य पनि सुरु गरेको छ ।