राष्ट्रियसभा सदस्य उपचुनावको लागि आज मनोनयन

624
views

काठमाण्डौ, २४, बैशाख । वाग्मती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपचुनावको लागि आज उम्मेदवारको मनोनयन गरिदैं छ । हेटौँडामा खोलिएको निर्वाचन आयोगको कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

एमाले प्रवेश गरेका रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि पद रिक्त छ । माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेको माधव नेपाल पक्षले संघीयता विज्ञ डाक्टर खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन् । एमालेले भने रामबहादुर थापालाई नै उम्मेदवार बनाउने भने पनि टुङ्गो लगाएको छैन ।

वाग्मतीमा हुने राष्ट्रियसभा उपचुनावमा एक सय १० जना प्रदेशसभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख दुई सय ३८ गरेर तीन सय ४८ मतदाता रहेका छन् । प्रदेशसभाका एक जना सदस्यको ४८ र पालिकाका प्रतिनिधिको १८ मतभार गणना हुने व्यवस्था छ ।