एमाले नेता नेपाल पक्षको समानान्तर भेला

1408
views

नवदृष्टि संवाददाता
काठमाडौं, २७, चैत । माधव नेपाल पक्षले आइतबार काठमाण्डौमा समानान्तर भेलाको आयोजना गरेको छ । स्थानीय तहको चुनावको मुखमा काठमाडौंमा नेपाल पक्षले समानान्तर भेलाको आयोजनाको गरेको हो । संस्थापन पक्षले प्रदेश कमिटीको निर्णय समेत नमानेपछि समानान्तर कमिटी गठन गर्न भेलाको आयोजना गरिएको तर शीर्ष नेतृत्वको आग्रहपछि चुनावी भेला भनिएको छ । नयाँबजारस्थित नेपा बैंक्वेटमा करीब ५ सय अगुवा कार्यकर्ताको सहभागितामा भएको समानान्तर भेलामा बरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल र पार्टी सचिव योगेश भट्टराई लगायतले सम्बोधन गरेका थिए ।
काठमाडौं जिल्ला सहइन्चार्ज सुरेन्द्र मानन्धरले अध्यक्षता गरेको भेलामा बरिष्ठ नेता खनाल र नेपालले माथिल्लो कमिटीको निर्णयलाई समेत चुनौति दिनेहरुमाथि कारवाही हुने बताए । भेलाको गर्नुपर्ने कारण बिधिसम्मत पार्टी सन्चालन नभएको स्रोतले जनाएको छ ।
पार्टी सचिव योगेश भट्टराईंले नवौं महाधिवेशनको म्याण्डेट उल्टिसकेको बताउँदै आफ्नो एकलौटी जिल्ला कमिटी भएको ठाउँमा एकलौटी ढंगले उम्मेदवार सिफारिस भएमा चितवनमा ओली पक्षको कसैलाई पनि सिफारिस नगर्ने चेतावनी समेत दिएका थिए ।
विवादमा बस्न लागेको भेलालाइ आग्रहपछि एमालेलाई जिताउ भेला भएको सहसंयोजक बसन्त मानन्धरले प्रतिक्रिया दिएकाछन । मानन्धरले ‘कार्यवाहक अध्यक्ष बामदेव गौतम, उपाध्यक्ष भीम रावल, महासचिव इश्वर पोखरेल लगायतको आग्रहमा हामीले सपथग्रहणको कार्यक्रममा परिवर्तन गरेर चुनावी भेला गरेका हौं । नेताहरुले सकारात्मक ढंगले काठमाडौंको समस्या समाधान गर्ने आश्वासन दिनुभएको छ ।’