संवैधानिक परिषद्को बैठक सुरु, सापकोटा र देउवा अनुपस्थित

365
views

काठमाण्डौं, २६, बैशाख । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । गएको मंसिर ३० गतेपछि परिषद्को बैठक बसेको छैन ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित छन् ।

सापकोटा यसअघिको बैठकमा पनि सहभागी भएका थिएनन् । अध्यक्ष र तीन सदस्य अर्थात् चार जना उपस्थित भएमा गणपूरक संख्या पुग्ने व्यवस्थालाई परिवर्तन गरी तीन जना मात्र भए निर्णय वैध हुने व्यवस्था नयाँ अध्यादेशमा छ ।
बैठकले रिक्त रहेका संवैधानिक आयोगहरूमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ ।