गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

530
views

पोखरा, २६, बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आईतबार पदबाट राजीनामा दिएका छन् । प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने तय भएसँगै गुरुङले राजिनामा दिएका हुन् । उनले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्रीविरुद्ध सोमबार अविश्वास प्रस्तावमा मतदानको प्रक्रिया सुरु हुँदै थियो । त्यसको अघिल्लो दिन मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।

गुरुङले राजिनामा दिएपनि अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य संचालन गर्ने र संविधानको धारा १६८ को उपधारा २ बमोजीम ३ दिनभित्र सरकार गठनको आव्हान गरेकी छन् ।

मुख्यमन्त्रीविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीका २८ सांसदले बैशाख २ मा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।