सांसदहरुलाई सामूहिक राजीनामा नदिन ओलीको आग्रह

397
views

काठमाडौं, २६ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा नदिन पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले आइतबार विज्ञप्ति जारी गर्दै उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कायमा नलागी पार्टीलाई मजबुत बनाउन आग्रह गरेका हुन् ।

‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं भोलि हामी जनतालाई जवाफ दिन्छौं’ उनले भनेका छन् ‘तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु ।’

उनले पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगर्ने बताएका छन् । ‘म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु । तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैलाई आग्रह गर्दछु’ उनले भनेका छन् ।