नेपाल–खनाल निकट सांसदहरुको बैठक बस्दै

51
views

काठमाडौं, २७, वैशाख । नेपाल–खनाल समुहका सांसदहरुको बैठक बस्दैछ । संघीय संसद सचिवालय सिंहदरबारमा बिहान साढे नौ बजे बस्ने बैठकमा सोमबार संघीय संसदमा हुने विश्वासको मतको विषयमा छलफल हुँदैछ ।

आइतबार पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएका उनीहरुले थप छलफल गर्न बैठक बस्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनको लागि बोलाएको संसद विशेष अधिवेशन दिउँसो १ बजे बस्दैछ । साढे ९ बजे बस्ने बैठकमा प्रतिनिधि सभाको बैठकअघि माधव–झलनाथ पक्षका केही सांसदहरुले राजीनामा दिने-नदिने विषयमा छलफल हुने स्रोतले जनाएको छ । अनलाईनखबरबाट