पहिरोमा परि प्यूठानमा ३ जना बेपत्ता

221
views

प्यूठान । गएराति परेको अविरल वर्षातका कारण पहिरोमा पुरिँदा प्यूठानमा तीन जना बेपत्ता भएका छन् । जिल्लाको दुर्गम गाउँ गौमुखी गाउँपालिका–३ रजवाराकी १६ वर्षीय तुलसा घर्ती बेपत्ता भएको स्थानीयले बताएका छन् ।स्थानीय शेर बहादुर घर्तिको घर पुरिएर किशोरी बेपत्ता भएको रजवाराका स्थानीय जोगेन्द्र मल्लले जानकारी दिए । पहिरोमा पुरिएका २ जनाको उद्दार गरिएको छ । यस्तै, नौवहिनी गाउँपालिकाको लिघास्थित कुर्तिवाङमा गोठमा बसिरहेका बेला पहिरो आउँदा दुई जना बेपत्ता भएको जनाइएको छ । घटनास्थलतर्फ प्रहरी जाँदै गरेको प्यूठानका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी गराए ।