संसदमा अनुपस्थित हुने नेपाल समुहको निर्णय

412
views

काठमाडौं, २७ वैशाख । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् । सो समुहका सांसदहरुले ओलीलाई कुनैपनि हालतमा विश्वासको मत नदिने र संसदमा अनुपस्थित हुने निर्णय गरेका हुन् ।

सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिए ।

‘ओलीको निर्देशन हामीलाई मान्य छैन । उहाँको कुरा मान्नुपर्ने हो भने वैध अध्यक्ष हुनुपर्छ । ओलीको ह्वीप मान्य छैन,’ बैठकपछि रावलले भने । ‘केपी ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर तुल्याउने । राजनीतिक नेतृत्वलाई ध्वस्त गर्ने । देश र राज्यलाई कमजोर तुल्याउनु हो ।