प्रधानमन्त्रीको विपक्षमा भोट हालौँ, नयाँ इतिहास बन्छ-प्रचण्ड

436
views

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई तिहाइको बहुमत प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्ने नैतिक अधिकार नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै प्रचण्डले प्रचण्डले ओलीकै दम्भका कारण मुलुक जटिल अवस्थामा पुगेको बताए । प्रचण्डले विश्वासको मत लिने प्रधानमन्त्रीको कदम नाटक मात्रै भएको टिप्पणी गरे । उनले लोकतान्त्रिक संस्था, पद्धति, परम्परा र विधिलाई छलेर अरु नै केही गर्न खोजेको हो कि भन्ने जनमानसमा आशंका उब्जिएको बताए ।

प्रधानमन्त्रीले संसदलाई सरकारले अपमान र उपेक्षा गरेको प्रतिक्रिया दिदैं प्रचण्डले ओलीलाई प्रधानमन्त्री भएको पहिलो दिनदेखि नै संविधान र प्राप्त उपलब्धिहरुविरुद्ध क्रियाशील भएको आरोप लगाए । ‘यो सदनले विश्वासको मत दिँदैन उनले भने,‘लोकतान्त्रिक अधिकार भित्रै प्रधानमन्त्री जीले विश्वासको मतको अपिललाई सम्मान गर्न चाहन्छु तर सरकार गठन भए यता गरेका कार्य हेर्दा विश्वासको मत प्राप्त गर्ने स्थिति छैन ।’

उनले धेरै प्रतिकुलताकाबीच वाम गठबन्धन भएको, कम्युनिष्ट पार्टीको एकता भएको भन्दै प्रचण्डले बाम ‘गठबन्धनको प्रस्ताव लिएर जाने पनि आँफै भएको, ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने पनि आँफै रहेको भन्दै सरकरका गतिविधिले संविधानलाई पनि कोरोना लागे जस्तो भएको र आइसियुमा लागेर जस्तो स्थिति आएको प्रचण्डको भनाई छ ।
‘आज प्रधानमन्त्रीले राखेको विस्वासको मतको विपक्षमा प्रधानमन्त्री सबैले पक्षमा हालौं भन्नुभयो’ उनले अन्तिममा भने, ‘म चाहिँ प्रधानमन्त्रीजीबाहेक सबैले प्रधानमन्त्रीको विपक्षमा भोट हालौँ नयाँ इतिहास बन्छ।’