अविश्वास गर्नुपर्ने कुनै कारण छैन–प्रधानमन्त्री

362
views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका पक्षमा विश्वासको मत मागेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय हित र जनजीवीकाको सवालमा रहेको प्रष्ट पारेका छन् । वर्तमान सरकारलाई कसैले अविश्वास गरिरहनु पर्ने कुनै कारण नै नरहेको ओलीले दाबी गरेका छन् ।

भौगोलिक अखण्डताको रक्षा गर्ने, राष्ट्रिय हितलाई सर्वोपरी मानेर व्यवहार गर्ने विषयमा सरकारले कुनै पनि कसर नराखेको उनले बताए । ‘राष्ट्रियता, स्वाधीनता, भौगोलिक अखण्डताको रक्षा र पहरेदारीमाथि उठाउने विषयमा कुनै कसर बाँकी राखेको छैन । उनले भने, ‘सुशासन, शान्ति सुव्यवस्था र राष्ट्रिय समस्या समाधान सरकारले गरेको छ ।’ उनले अगाडि थपे, ‘हामीले लिएका अडान आफैं बोल्छन् । हामीले प्राप्त गरेका उपलब्धी आफैं बोल्छन् । ’

ओलीले सरकारको ध्यान महामारी नियन्त्रणमा केन्द्रित रहेको बताए । यस्तो विषम् परिस्थितिमा कोभिडविरुद्धको औषधि लगायत उपचारका सामाग्रीहरुमा भएको भ्रष्टाचारको काम क्षम्य नहुने उनको दाबी छ । उनले अघि भने, ‘कतिपय कर्नरमा प्रधानमन्त्रीमाथि हिलो छ्याप्ने वा सरकारमाथि हिलो छ्याप्ने र कोभिडविरुद्धको औषधिमा भएको भ्रष्टाचारको नाममा कुरा उछाल्ने र नभएका कनेक्सन अनुचित ढंगले देखाउने क्रियाकलाप भए ।’

उनले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधनका लागि पनि छलफल गर्न सकिने प्रष्ट पारे। उनले संविधान संशोधन कहाँ–कहाँ गर्न सकिन्छ भन्ने सुझावका लागि कार्यदल बनाउन सकिने धारणा राखे। ओलीले सरकारले हिंसाको राजनीति अन्त्य गरेकोसमेत बताए ।