७ उपमहानगर मध्ये ५ मा एमालेको अग्रता

626
views

असार, १८ । दोस्रो चरणको स्थानीय निर्वाचनमा पनि राम्रो मत ल्याईरहेको नेकपा (एमाले)को तीन प्रदेशका उपमहानगरपालिकाहरु मध्ये धेरैमा बर्चश्व देखिएको छ । प्राप्त पछिल्लो मतपरिणाम अनुसार एमालेले प्रदेश नम्बर १, ५ र ७ का ७ उपमहानगरपालिकाहरु मध्य ५ मा अग्रता लिईहरको छ ।
प्रदेश नम्बर १ को सुनसरीमा रहेको इटहरी उपमहानगरपालिका प्रमुखमा एमालेले अग्रता लिइरहेको छ। एमालेका द्धारिकालाल चौधरीले ५४३३ मत ल्याएर अग्रता लिइरहेका छन भने उनलाई नेपाली कांग्रेसका रोहित प्रसाईले ५३०४ मतका साथ पछ्याई रहेका छन् । प्रेदश नम्बर १ कै धरान उपमहानगरपालिका प्रमुखमा पनि एमाले अघि छ। एमालेका तारा सुब्बाले २९३२ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका तिलक राईले २६९५ मत ल्याएर पछ्याई रहेका छन् ।
प्रदेश नम्बर ५ का बुटवल, घोराही र तुलसीपुर उपमहानगरपालिकामा पनि एमालेकै अग्रता देखिएको छ । बुटवल उपमहानगर प्रमुखमा एमालेका शिवराज सुवेदीले ८२६७ मत ल्याएर अग्रता लिइरहेका छन भने उनलाई नेपाली कांग्रेसका खेलराज पाण्डेले ७५८४ मतका साथ पछ्याई रहेका छन् ।
त्यस्तै घोराही उपमहानगरपालिकामा एमालेकै नरुलाल चौधरी १२७४४ मतका साथ अघि छन भने उनलाई नेपाली कांग्रेसका भुपबहादुर डाँगीले ९३०७ मत ल्याएर पछ्याई रहेका छन् ।
दाङकै अर्को उपमहानगरपालिका तुलसीपुरमा पनि एमालेको अग्रता छ । तुलसीपुरमा एमालेका घनश्याम पाण्डेले ६८७७ मतका साथ अग्रता लिईरहेका छन । उनलाई नेपाली कांग्रेसका गेहेन्द्र गिरीले ४८६५ ल्याएर मालेलाई पछ्याई रहेका छन् । गिरी पूर्व सभासद समेत हुन् ।
बिराटनगर महानगर र धनगढी उपमहानगरमा कांग्रेस अघि
दास्रो चरणको निर्वाचन भएका प्रदेशहरुको एक मात्र महानगरपालिका बिराटनगरमा भने नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । महानगर प्रमुखमा कांग्रेसका भिम पराजुलीले ३८७३ मतका साथ अग्रता लिइरहेका छन्। उनलाई एमालेका विनोद ढकालले २७७२ मतका साथ पछ्याई रहेका छन् ।
त्यस्तै धनगढी उपमहानगरापालिकामा पनि कांग्रेसकै अग्रता छ। धनगढी उपमहानगर प्रमुखमा नेपाली कांग्रेसका नृप वडले ३४९७ मतका साथ अग्रता लिइरहेका छन भने उनलाई स्वतन्त्र उम्मेदवार गोपाल दाहालले ३०८२ मतले पछ्याई रहेका छन् ।
नेपालगञ्ज उपमहानगरमा राप्रपा
अहिलेसम्म कुनै पनि स्थानीय तहमा जित हात पार्न नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालगंज उपमहानगरपालिकामा भने अग्रता लिईरहेको छ । राप्रपाका धवल शमसेर राणाले ६५०७ मतका साथ अग्रता लिइरहेका छन् । राणाको मतगणनाको शुरुवात देखि नै अग्रता देखिएको छ । उनलाई नेपाली कांग्रेसका सुरेशकुमार कनोडियाले ३९०८ मतका साथ पछ्याई रहेका छन् ।