सगरमाथाको शिखरमा बहराइनका राजकुमार

486
views

काठमाडौं, २८, बैशाख । बहराईनको रोयल गार्ड सगरमाथा आरोहण अभियानले विश्वको सर्वोच्च शिखरमा सफलता प्राप्त गरेको छ ।

जसमा बहराईनका राजकुमार शेख मोहम्मद हमाद अलिफाले पनि सफल आरोहण गरेका हुन् । उनले बिहान साढे पाँच देखि ६ बजेर ४५ मिनेट जाँदाको अवधिमा सगरमाथाको चुचुरोमा पुगेको सगरमाथा आधार शिविरमा रहेका पर्यटन विभागका निर्देशक मीरा आचार्यले ट्वीटर मार्फत जानकारी गराएकी छिन् ।

यसपालीको बसन्त ऋतुमा सगरमाथाको शिखरमा पुग्ने यो पहिलो अन्तराष्ट्रिय आरोहण टोली हो ।