सुदूरपश्चिम सरकारको समर्थन फिर्ता नलिने एमालेको निर्णय

590
views

धनगढी, १२, जेष्ठ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने भएको छ । बुधबारको संसदीय दलको बैठकले समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।

नेकपा एमालेको स्थायी कमिटिको बैठकले सुदूरपश्चिम प्रदेश सरकारको समर्थन फिर्ता लिने र सरकारमा सहभागी आफ्ना तीनजना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

५३ सदस्यीय प्रदेश सभामा नेकपा एमाले २५ सांसदसहित ठूलो दलका रुपमा छ । त्यसमा ७ जना ओली पक्ष र १८ जना खनाल–नेपाल पक्षका सांसदहरु छन् ।

नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टको नेतृत्वमा अहिले प्रदेश सरकार छ ।