तानेसेन नगरपालिकाको मेयरमा शाही र उपमेयरमा पाठक

286
views

पाल्पा १८, असार । तानसेन नगरपालिकाको मेयरमा अशोक शाही विजयी भएका छन् । तानसेन नगरपालिकाको मेयर बनेर काम गसिसकेका शाहीलाई पाल्पाका जनताले पुन स् दोश्रोपटक मेयरमा चुनेका हुन् । शाही नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार रहेका थिए ।
प्रमुखमा नेकपा एमालेका अशोककुमार शाहीले १० हजार ४५० र उपाध्यक्षमा एमालेकै लक्ष्मी पाठक नौ हजार ७५३ मत ल्याई विजय हुनुभएको छ । प्रमुखका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अजयमान कर्माचार्य आठ हजार ०६७ र उपप्रमुखमा नेकाकै लालु रानाले आठ हजार ३८९ मत प्राप्त गर्नु भएको थियो ।
त्यस्तै उपमेयरमा पनि एमालेकै लक्ष्मी पाठकले जित हासिल गरेकी छन् । पाठकले ९७५३ मत प्राप्त गरेर उपमेयरमा विजयी हासिल गरेकी हुन् । तानसेन नगरपालिकाको १४ वडा मध्ये एमालेले ८ वडा, कांग्रेसले ५ र नेकपा माओवादी केन्द्रले १ वडामा जित हासिल गरेका छन् ।