पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जनामा संक्रमण

591
views

काठमाडौं, १२, जेठ । पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३० नमूना परीक्षणमा ६ हजार ७१४ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १४५ जनाले ज्यान गुमाएका छन् । यस्तै १ लाख १७ हजार ७७ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

यस्तै पछिल्लो २४ घन्टामा ६ हजार ७१६ कोरोनामुक्त भएका छन् । यस्तै ८४३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।