राष्ट्रपतिबाटै संविधानको उल्लंघन – शेरबहादुर देउवा

940
views

काठमाडौं, १३, जेठ । काँग्रेस सभापति शेरवहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानको ठाडो उल्लंघन गर्दै गलत कदम चालेको बताएका छन् ।

सभापति देउवाले नेपाल प्रेस युनियनको ३१ औं वर्ष प्रवेशको अवसरमा गरेको अर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै मध्यरातमा संसद विघटन गर्नु असंवैधानिक भएको जिकीर गरे ।

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले संविधान र लोकतन्त्र सिद्धयाउने गरी गलत कदम चालेपनि सम्मानित सर्वोच्च अदालतले संविधान र संसदीय व्यवस्था बचाउने विश्वास देउवाले ब्यक्त गरे ।

सभापति देउवाले कांग्रेसले निर्दलीय चरित्र देखायो भन्नेहरुलाई जवाफ दिँदै संविधान पढ्न आग्रह गरे ।
संसद विघटनविरुद्ध सडक आन्दोलनमा उत्रनुपर्ने मत भएपनि आफूले रोकेको बताउँदै उनले कोभिड महामारीमा जनताको जीवन ठूलो भएकाले आन्दोलन नगरिएको स्पष्ट पारे ।

‘साथीहरुले आन्दोलनमा जानुपर्छ भनेका थिए तर, यस्तो महामारीमा जनताको जीवन ठूलो भएकाले आन्दोलनमा जानबाट मैले नै रोकेको हुँ’, देउवाले भने ।