असाधारण कदम चाल्न सक्छु : सभामुख सापकोटा

1292
views

काठमाडौं, १३, जेठ । सभामुख अग्नीप्रसाद सापकोटाले जनप्रतिनिधि संस्था संसदलाई अवमूल्यन गर्ने कुरा स्वीकार्य नहुने भन्दै जनतालाई केन्द्र विन्दुमा राखेर असाधारण निर्णय लिन सक्ने बताएका छन् ।

संविधानविद् र कानूनव्यवसायीहरुसँगको छलफलमा सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख सबै बनाउने संस्था संसद् भएकोले संसदलाई अवमूल्यन गर्ने कुरा कदापि स्वीकार्य नहुने बताएका छन् ।

सभामुख सापकोटाले प्रतिनिधिसभा पुनः स्थापित गर्न असाधारण कदम चाल्ने चेतावनी दिदैं संविधान, लोकतन्त्र र जनताको हितका लागि असाधारण कदम चाल्न तयार रहेको बताए । सभामुख सापाकोटाले त्यो असाधारण कदम के हो ? भन्नेबारे चाहिँ खुलाएनन् ।