पर्वतमा कोरोना संक्रमित थप दुईजनाको मृत्यु

537
views

पर्वत, १३, जेठ । पर्वतमा कोरोना संक्रमण पुष्टि भएका थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलजला गाउँपालिका वडा नं ९ बनौका ८० बर्षिय पुरुष र सोही गाउँपालिका–३ का ४४ बर्षिय पुरुष रहेका छन् । बनौका ८० बर्षिय पुरुषमा जेठ ४ गते र ४४ बर्षिय पुरुषमा जेठ ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

बनौ–९ का ८० बर्षिय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको छ भने जलजला–३ का ४४ बर्षिय पुरुषको चरक मेमोरियल अस्पताल पोखरामा आज मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो संगै पर्वतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।