युवा नेता लामिछाने मोदी गाउँपालिकाको प्रबक्तामा चयन

535
views

पर्वत, १८ असार । मोदी गाउँपालिकाको तेश्रो बैठकले युवा नेता विमल लामिछानेलाई प्रवक्तामा चयन गर्ने निर्णय गरेको छ । गाउँपालिकाको पूर्ण बैठकले गाउँपालिका कार्यपालिका कार्य सम्पादन नियमावली २०७४ समेत पारित गरेको छ । बैठकले विभिन्न ९ समितिहरु गठन गरेको छ । गठित समिति मध्ये मोदी गाउँपालिका वडा नं. ३ का अध्यक्ष देवेन्द्र क्षेत्रीको संयोजकत्वमा सार्वजनिक सेवा तथा क्षमता विकास समिति, वडा नं. ५ का अध्यक्ष दलबहादुर मल्लको अध्यक्षतामा सामाजिक विकास समिति, वडा नं. ६ का विमल लामिछानेको संयोजकत्वमा पूर्वाधार विकास समिति, वडा नं. ४ का मनकुमार पुनको संयोजकत्वमा विधेक समिति, वडा नं. ८ का अध्यक्ष बसन्त गुरुङको संयोजकत्वमा आर्थिक समिति, वडानं. ५ का अध्यक्ष विकास तिमिल्सिनाको संयोजकत्वमा विपत व्यवस्थापन तथा सरसफाई समिति, वडा नं. ७ का अध्यक्ष सुकबहादुर गुरुङको संयोजकत्वमा पर्यटन विकास समिति र वडा नं. १ का अध्यक्ष श्री गौप्रसाद गूरुङको संयोजकत्वमा सुचना तथा सञ्चार समिति गठन गरेको छ । त्यसै गरी गाउँ पालिका सदस्य दुर्गा रसाईलीको संयोजकत्वमा वन वातावरण तथा पर्यावरण समिति गठन गरेको जनाइएको छ ।