अक्सिजन अभावले पोखरामा ६ जनाको मृत्यु

324
views

पोखरा, १४, जेठ । पोखराको सबैभन्दा ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन अभावले सुत्केरी सहित ६ जना संक्रमितको ज्यान गएको छ ।

मृतक सुत्केरीका आफन्तले अक्सिजन सकिएपछि बिरामीले पुन अक्सिजन नपाएपछि मृत्यु भएको बताए । उनले भने, ‘अक्सिज सकियो फेरी लगाउँदै लगाइदिएनन् अस्पतालमा अक्सिजन सकिएपछि अक्सिजन उद्योगमै लिन जाँदा पनि नपाएपछि ज्यान गयो ।’

कालीगण्डकी अक्सिजनका कालिदास सुवेदीले अक्सिजन लिन आएका व्यक्ति आफन्तको मृत्यु भइसकेको भनेर फर्किएको बताए । ‘हामी सानो सिलिन्डर दिँदै थियौं, सिलिन्डर निकालेर बरन्डामा निकाल्दै थियो, उहाँलाई उता (अस्पताल) बाट फोन आयो र फर्किनुभयो,’ उनले भने ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका अक्सिजन फोकल पर्सन विमल बरालका अनुसार हाइफ्लो अक्सिजन चाहिने बिरामी अत्यधिक बढेको जानकारी दिए । ‘हाइफ्लो अक्सिजन १५ जना जतिलाई दिन पुग्ने सुविधा हो, तर हाइफ्लो दिनुपर्ने बिरामी नै धेरै हुनुभएको छ,’ उनले भने ।