चिन्ने खोलाले बगाएर पर्वतमा एकको मृत्युु

351
views

पर्वत, १८ असार । गएराती परेको बर्षाले खेत रोपेर फर्किने क्रममा चिन्ने खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । कुनपा–९ पर्वतका गोपी विकको मृत्यु भएको स्थानीयले बताएका छन् । चिन्नेखोलाको सिस्ने मुलबाट बगाउँदा उनको मृत्यु भएको स्थानीयवासी शुरेस पिसीले जानकारी दिएका छन् । चपाईफाँटमा खेत रोपेर फर्किएका विकको शनिवार साँझ खोलाले बगाएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । फलेवास दोविल्ला सडकको चिन्नेखोलाबाट बगेका उनको शव १५० मिटर तल खोलाको किनारमा भेटिएको छ । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वत ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।