तीन भारतीयसहित आठ जना सगरमाथामा

385
views

काठमाडौं । तीन भारतीय आरोहीसहित आठ जनाले आज विहान सगरमाथाको आरोहण गरेका छन् ।

खराव मौसमका कारण एकसाता अघि दोस्रो क्याम्पमा रोकिएका उनीहरुले आरोहण गरेका हुन् ।

सगरमाथा आरोहण गर्ने भारतीय आरोही अमित कमार नेगी, निरज चौधरी, सोरङ ताजित छन् भने नेपाली फुर्वा दोर्ची शेर्पा, फुर्वा शेर्पा, डेण्डी शेर्पा, नुरी शेर्पा र नापी विभागका कर्मचारी युवराज धिताल रहेको आरोेहण आयोजक ट्रेकिङ कम्पनी पिक प्रमोसन नेपालका निर्देशक बाबु शेर्पाले जानकारी दिए ।