फलेवास नगरपालिकाले मनायो रोपाइँ उत्सव

518
views

यज्ञ बहादुर थापा
पर्वत, १५, असार । फलेवास नगरपालिकाले १८ औं राष्ट्रिय धान दिवस मनाएको छ । आज असार १५ मा मुडिकुवाको सिरसुवामा रोपाइँ गरी धान दिवस मनाएको हो ।

धान दिवसको अवसरमा फलेवास नगरपालिकाका पूमख पदमपाणी शर्माले बाँझो जमिनलाई सदुपयोग गरी उत्पादन र उत्पादकत्वलाई बढवा दिन कृषकलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनले कृषकलाई प्रतिफलमा आधारित अनुदानको व्यवस्था गर्न आवश्यक रहेको बताए ।

नगरप्रमुख शर्माले कोरोना भाईरसको माहामारीलाई विशेष ख्याल गरी धान महोत्सव (दिवस) रोपाइँ उत्सव मनाउँदै सम्पूर्ण कृषकहरुलाई शुभकामना समेत व्यक्त गरे ।

धान रोपाइँ कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले पर्वतमा उत्पादनका हिसाबले मकै पहिलो र धान दोस्रोमा पर्ने भएकोले धान उत्पादनलाई बढवा दिन आवश्यक रहेको बताईन् ।

थापाले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा कृषिमा आधुनिकीकरण गर्नुपर्नेमा समेत जोड दिईन् ।

फलेवास नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई धान जोन बाग्लुङ, कृषि ज्ञान केन्द्र पर्वत र कृषि निर्देशनालय पोखराको आयोजनामा भएको रोपाइँ उत्सव कार्यक्रममा स्वागत फलेवास नगरपालिकाका प्रवक्ता एवं फनपा–४ का वडा अध्यक्ष टिकाराम गौडेल र सञ्चालन फनपाका कार्यक्रम व्यवस्थापक देविप्रसाद तिमिल्सिनाले गरेका थिए ।